काठमाडौं, १६ फागुन । चुनावको घोषणासँगसँगै नेपाली कांग्रेसभित्र बवण्डर मच्चिएको छ । बवण्डर मच्चिनुको कारण चुनाव होइन । पार्टी सभापति शेरबहादुर देउवाले धमाधम उच्च पद लिलाम गर्न थालेपछि बवण्डर शुरु भएको हो ।
उहिले युरोपमा चर्चहरूको ‘धर्मपत्र’ बेचेजस्तै गरेर देउवाले पद लिलाम गर्न थालेपछि विपक्षी रामचन्द्र पौडेल खेमा आक्रोशित भएको हो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
रामचन्द्र खेमाको भनाई छ– देउवालाई यसरी नै तानाशाह झै एकलौटी गर्न छाडिदिने हो भने कांग्रेस पार्टीले स्थानीय चुनावमा शर्मनाक पराजय भोग्नेछ ।
पराजय भोग्ने त पछिको कुरा भो, देउवाले चुनाव नै स्थगित गराउँछन् भन्ने आशंका रामचन्द्र खेमामा रहेको छ । देउवाले चुनावको बाटोमा पार्टीलाई नलगेको, आफ्नो सम्पूर्ण ध्यान ठूलाठूला खरिद र राजनीतिक, प्रशासनिक, कूटनीतिक पद लिलाम बढाबढमा केन्द्रित् गरेको उनीहरूको आरोप छ ।
२०७३ फागुन १४ गते शनिबार महामनत्री डा.शशांक कोइरालाको निवासमा बसेको रामचन्द्र खेमाको बैठकमा सबैले एक स्वरमा भने– देउवाले उच्च पदहरू लिलाम गर्न थाले, देउवा सभापति होइन कमिशनखार व्यापारी बने । चुनाव भएपनि आफू प्रधानमन्त्री बन्ने ज्ञारेन्टी नदेखिएपछि शेरबहादुर देउवाले चुनाव नै नगराउने रणनीति बुन्न थालेको रामचन्द्र पौडेल पक्षको भनाइ छ ।
‘देउवाजी प्रधानमन्त्री बनने भनेर माओवादीसंग सम्झौता भएको छैन’, रामचन्द्र खेमाको बैठकमा डा.कोइरालाको भनाइ उधृत गर्दै एक नेताले सुनाए– ‘कांग्रेसले जसलाई अगाडि सार्छ उ प्रधानमन्त्री बन्छ, प्रधानमन्त्री बन्ने संसदीय दलमा बहुमत प्रमाणित हुनुपर्छ । एक वर्ष पुरानो बहुमत अहिले पनि कायम छ भन्न मिल्दैन ।’












प्रतिक्रिया