१९ कार्तिक २०८३, बिहिबार

मगर संघद्धारा बृद्धा तथा बिरामीलाई फलफूल वितरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १५ फागुन । नेपाल मगर संघ पाँचथरले ३५ औं स्थापना दिवसको अवसरमा आइतबार बृद्धबृद्धा र बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

दिवसको अवसरमा संघले फिदिम–२, साम्दीन स्थित सिद्धपोखरी बृद्धाश्रमका बृद्धबृद्धा लाई फलफूल बितण गरिएको छ ।

त्यस्तै जिल्ला अस्पताल पाँचथरका बिरामीहरु १५ जना साथै सदरमुकामस्थित पाथीभरा प्रालि, अस्पतालका ५ जना बिरामीलाई फलफूल वितरण गरेको हो ।

मगर संघले सामाजिक सेवामा रचनात्मक कार्य गर्दै आएको र गर्दै जाने मगर संघ नगर कमीटि सचिव तथा यूवा समाजसेवी प्रेम केप्छाकीले बताएका छन ।

सो अवसरमा मौलिक भेषभूषा सहित फिदिम बजार परिक्रमा समेत गरिएको नेपाल मगर संघ पाँचथरका सचिव यौवन थापा मगरले बताए ।