१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ काठमाडौंमा चौतारीबाट विडारीको उम्मेदवारी, उपाध्यक्षमा पोखरेल लड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघ शाखा काठमाडौंको अध्यक्षका लागि शान्तराम विडारीलाई अघि सारेको छ ।

आइतबार बसेको प्रेस चौतारी जिल्ला समिति काठमाडौंको बैठकले पत्रकार महासंघ काठमाडौंको आसन्न दशौं अधिवेशबाट चयन हुने नेतृत्वका लागि विडारीलाई अध्यक्ष र महासंघका वर्तमान कोषाध्यक्ष सीता पोखरेललाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकपछि चौतारी काठमाडौं अध्यक्ष लोकेन्द्र केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पत्रकार महासंघलाई श्रमजीवी पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गर्ने कुरामा प्रेस चौतारी नेपाल प्रतिबद्ध रहेको हुँदा मित्र संगठनहरुसँग आपसी सहमति र सहकार्यका निम्ति पनि तत्पर रहेको छ ।’