काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति युवाहरुको आकर्षण बढेसँगै औपचारिक रुपमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा भेरी, सेती र महाकाली अञ्चलका दर्जनौं युवाहरु राप्रमामा प्रवेश गर्नुभएको छ । नवप्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष कमल थापाले सदस्यता वितरण गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै संगठन विस्तारमा लाग्न नवप्रवेशी युवाहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष थापाले आफ्नो ईतिहास, धर्म र संस्कृति प्रति गर्व गर्दै सवल र समृद्ध नेपाल निर्माण गर्ने राप्रपाको लक्षलाई पुरा गर्न युवाहरुको साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो ।
विभिन्न पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्ने युवाहरुमा भरतकुमार शाही, भुवन विक्रम शाही, धिरज शाही, विमल विक्रम भाट, वशन्त भाट, तुफान भण्डारी, अम्विका देवी भट्ट, हेमराज शाही, विनोद जोशी, नविन तिमल्सिना, तिलक थापा, सरला कोइराला, माधवी उपाध्याय, टिका थापा, दिपक बजगाईं, झंकर देवकोटा, धर्मराज देवकोटा, कमल वोगटी, किरण धमला, तारादेवी देवकोटा, नविन तिमल्सिना, रमेश रौनियार, जिवन वम, रमेश ठकुल्ला, उमेश ठकुल्ला, मौरम भुजेल, विनोद गिरी, नरेन्द्र शाही, एकेन्द्र शाही, रमेश शाही, टेकेन्द्र हाही, कृष्ण कार्की, सुमित्रा शाही, तुलसी शाही लगायत हुनुहुन्थ्यो ।













प्रतिक्रिया