१९ कार्तिक २०८३, बिहिबार

“स्वदेशमा नै सुन फल्छ”

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, १५ फागुन । स्वदेशमा नै बस्न त सबैलाई रहर हुन्छ । तर पनि गतिलो जागिरी नपाउनु तथा कुनै पेशाब्यबसाय नहुदाँ बिदेशिनेको संख्या पनी बढ्दो क्रममा छ ।

सल्यानका एक किसान स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन् । सल्यान शारदा नगरपालिका ४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी ताजा तरकारी, फलफुल उत्पादन गर्न सफल हुनु भएको छ । आफु त्यस बाटै सबै खर्च कटाएर वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएको उहाँ बताउनु हुन्छ ।

२०५२ सालमा प्रविनता प्रमाणपत्र तह उर्तीण गरेका वली ४ वर्ष सम्म रोजगारीको लागि भारत जानु भएको थियो । भारत बाट फर्के पछि उहाँ कृषि जन्य बस्तुहरु खरि विक्रि संगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गर्न थाल्नु भयो । अथक मेहनत र परिश्रम संगै उहाँको कृषि कर्मले सफलता हात पार्दै गयो ।

वलीले बिदेशीने युवाहरुलाई सुझाव दिदै भन्नु हुन्छ– ‘स्वदेशमै यति ठूलो सम्भावना हुँदाहुँदै किन विदेश जाने ?’ जिल्लाका केही संघ संस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उहाँले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय प्रजातीका विरुवा, फलफुल, जडिबुटी तथा तरकारी उत्पादन गर्दै आउनु भएको छ ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिनु भएका वली गरेपछि जे पनि सम्भव हुने कुरामा विश्वस्त हुनुहुन्छ । मेहनत गरे स्वदेशमा नै सुन फल्ने उहाँले बताउनु हुन्छ । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरी अर्गानिक खेती गरेर जिल्लाकै नमुना कृषकको रुपमा स्थापित हुनु भएको छ ।

उहाँ आफ्नो उत्पादनका लागि बजारको कुनै समस्या नभएको र खोजी खोजी घरमै व्यापारीहरु किन्न आउने बताउनु हुन्छ । नेपालका ६२ जिल्ला भ्रमण गरिससकेका वली विभिन्न कृषि सम्बन्धि तालिमहरुमा प्रशिक्षकको रुपमा विभिन्न ठाउहरु जाने गर्नु हुन्छ ।

वली नेपाल सरकारको उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट सम्मानित भैसक्नु भएको छ ।