बैतडी, १५ फागुन । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ठ उपाध्यक्ष गोकर्ण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् ।
नेकपा एमाले बैतडीको आइतबार बसेको बैठकले दयाललाई टीका लगाई पार्टीमा स्वागत गरेको छ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा दयाललाई उचित जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी जिल्ला कमिटीका सचिब लिलाधर भट्टले बताए । नेकपा माओबादी केन्द्र बैतडीको जिल्ला कमिटी सदस्य समेत रहेका दयाल बिगत २ दशकदेखि माओबादीका बिभिन्न भातृ तथा सुभेच्छुक संगठनहरुमा आबद्ध थिए ।
प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा प्रदेश ७ का बरिष्ठ उपाध्यक्ष रहेका दयाललाई प्रेस चौतारी बैतडीले पनि स्वागत गरेको छ । एक दशक लामोदेखि पत्रकारिता आबद्ध दयाललाई स्वागत गर्न पाउँदा आफूहरु हर्षित भएको प्रेस चौतारी बैतडीका संस्थापक अध्यक्ष नरेन्द्र भट्टले बताए ।
यसैगरी, गोकर्ण दयाल बैतडीका जिल्लाकै अग्रज तथा बरिष्ठ पत्रकार भएकोले चौतारीमा प्रवेश गराउँदा आफूहरु गौरवान्वित भएको प्रेस चौतारी बैतडीका कार्यवाहक अध्यक्ष सीपी लोहियाले बताए ।












प्रतिक्रिया