१३ कार्तिक २०८३, शुक्रबार

तीस राजनीतिक दलहरू कारबाहीमा परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गर्दै सात दिनभित्र जरिवना तिर्न समय दिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेस गर्न समय दिइएकोमा निर्धारित म्यादभित्र स्पष्टीकरण पेस नगर्ने नौ राजनीतिक दल र पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएका १९ राजनीतिक दल गरी जम्मा ३० राजनीतिक दललाई एक रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले दिएको जानकारीअनुसार ती दलहरूलाई एक सय रुपियाँ जरिवाना गर्दै सात दिनभित्र जरिवाना तिर्न समय दिएको छ ।

आयोग बैठकले ती दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो ।