काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १२ वटा क्याम्पसको स्ववियुमा विजयी भएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले शनिबार विज्ञप्ति जारी गर्दै अनेक प्रतिकुलताका बाबजुद आफ्नो संगठनले विजय हासिल गरेको जनाएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
अखिल क्रान्तिकारीले गुराँस बहुमुखी क्याम्पस सानोश्री बर्दियामा आफ्नो संगठनका अध्यक्षका उम्मेदवार धनसरा ढकाल विजयी भएको जनाएको छ ।
यसैगरी, त्रिपुरा क्याम्पस, नाम्दु दोलखामा शालिकराम उप्रेती, जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मीमा सृजना घिमिर, बनगाड क्याम्पस बनगाड सल्यानमा इन्द्रबहादुर बुढाथोकी, फारुला बहुमुखी क्याम्पस, फारुला सल्यानमा रामप्रसाद शर्मा, शिवजन क्याम्पस, सित्तलपाटी सल्यानमा हरिप्रकाश वली, लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुलामा नरबहादुर विष्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
यसैगरी, गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुलामा भुवन भण्डारी, सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुममा जीवन पुन मगर, सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुममा रामबहादुर विष्ट, स्यार्पु बहुमुखी क्याम्पस बाफिकोट रुकुममा नवराज केसी, सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट रुकुममा श्रीकुमार बुढाथोकी अध्यक्षमा निर्विरोध निर्वाचित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।












प्रतिक्रिया