१९ कार्तिक २०८३, बिहिबार

स्ववियु निर्वाचनः भैरहवामा मधेसी विद्यार्थीको तालाबन्दी, बुटवलमा उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १५ फागुन । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी चलिरहेको बेला भैरहवा क्षेत्रका क्याम्पसहरुमा स्वतन्त्र मधेसी विद्यार्थी मोर्चाले तालाबन्दी गरिदिएको छ ।

तालाबन्दीको कारण यस क्षेत्रका क्याम्पसहरुमा आज शनिबार उमेदवारी दर्ता हुनुपर्नेमा हुन सकेको छैन । भैरहवा क्षेत्रको भैरहवा बहुमुखी क्याम्पसमा उमेदवारी दर्ता गर्ने समय भन्दा पुर्व नै मोर्चाले तालाबन्दी गरिदिएपछि निर्वाचन प्रभावित भएको भन्दै तत्कालको लागी क्याम्पसको निर्वाचन कार्यालयले विज्ञप्ती निकालेर निर्वाचन सम्बन्धी सबै कार्यक्रम स्थगित गरेको छ ।

जम्मा १ हजार ६ सय ४ जना विद्यार्थि संख्या रहेको उक्त क्याम्पसमा प्रशासनले सूचना नै निकालेर निर्वाचन स्थगीत गरेको प्रति एमाले सम्बद्ध विद्यार्थि संगठनले विरोध गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले घोषीत समयमा निर्वाचन गर्न नसक्ने निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको राजिनामा माग गर्दै मोर्चा सम्बद्ध विद्यार्थिसंग वार्ता गरी तत्काल निर्वाचन कार्यक्रम अगाडी बढाउन आग्रह गरेकोछ । अध्यक्ष सरोज ठकुरीले भने “क्याम्पसहरुमा ८ वर्षपछि हुन लागेको निर्वाचन रोकिनु विडम्बना हो । ”

भैरहवा बहुमुखी क्याम्पसमा शसी पन्थिको नेतृत्वमा अनेरास्ववियुको एकल प्यानल, सुधा कुवरको नेतृत्वमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल, यादव प्रसाद आचार्यको नेतृत्वमा नयां शक्ति विद्यार्थिको प्यानल र मोहमद अलिको नेतृत्वमा स्वतन्त्र मधेसी मोर्चा सम्बद्ध विद्यार्थिले उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको बुझिएको थियो ।

यता पक्लिहवा कृर्षी क्याम्पस भैरहवामा पनि नेविसंघ र अखिल क्रान्तिकारीले क्रान्तिकारीका रिकेश श्रेष्ठको नेतृत्वमा संयुक्त प्यानल दर्ता गराएका छन् । सो क्याम्पसमा निसीम भुसालको नेतृत्वमामा अनेरास्वियुले एकल प्यानल दर्ता गरेको छ । ४ सय ४२ जना मतदाता रहेको उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले नेताहरुको दबाबको कारण संयुक्त प्यानल बनाएता पनि उनीहरुबीच तिब्र मतभेद र असन्तुष्टि देखिएको छ ।

भैरहवाको रुपन्देही क्यँम्पस, भैरहवा नमुना क्याम्पस, पशुपति क्याम्पसहरुमा भने निर्वाचन कार्यक्रम स्थगीत भएको बुझिएको छ । यता जिल्लाको सबैभन्दा ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा भने निर्वाचन हुने भएको छ । ४ हजार १ सय ६४ जना विद्यार्थि मतादाता रहेको उक्त क्याम्पसमा अनेरास्ववियु, अखिल छैठौ र विप्लप नेतृत्वको माओवादीले संयुक्त प्यानल बनाई उमेदवारी दिएका छन् । सो प्यानलबाट अनेरास्वियुका शेषकान्त पोखरेल सभापतिको उमेदवार बनेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र नयां शक्ति विद्यार्थिको संयुक्त प्यानलबाट नेविसंघका आरपी पंगेनी सभापतिमा उमेदवारी दिएका छन् ।

जिल्लाका देवदह आदर्श, यज्ञोदय फर्साटिकर, हरैया बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुने भएको छ । जिल्लाका अधिकांश क्याम्पसमा सरकारपक्षीय दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकटका विद्यार्थि संगठन नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।