१९ कार्तिक २०८३, बिहिबार

सिएमआर नेपालमा नयाँ नेतृत्व, अध्यक्षमा केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)नेपालको अध्यक्षमा भुवन केसी चयन हुनु भएको छ ।

सिएमआर नेपालको आज बसेको साधारणसभाले उपाध्यक्षमा ऋषिकेश दाहाल, सचिवमा उमेश श्रेष्ठ, कोषाध्यक्षमा विकास कार्कीलाई चयन गरेको छ ।

सदस्यमा रजनीश भण्डारी, दीपक अर्याल र तृष्णा आचार्य चयन हुनु भएको छ । यस अघि सिएमआर नेपालको अध्यक्ष तिलक पाठक हुनुहुन्थ्यो ।

२०६७ सालमा स्थापना भएको सिएमआर नेपालले मिडिया र समसामयिक विषयमा अनुसन्धान गर्दै आएको छ ।