१९ कार्तिक २०८३, बिहिबार

गुडलक फाउण्डेशनद्धारा झलारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झलारी (कञ्चनपुर), १३ फागुन । गुडलक फाउण्डेशन नेपालले शुक्रबार शिवरात्रीको अवसरमा कञ्चनपुरको झलारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिवरात्रीका दिन लाग्ने मेला र हाल चलिरहेको महोत्सव हेर्न गाउँ गाउँबाट आएका स्थानीयको निःशुल्क स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यका साथ गुडलकले स्वास्थ्य शिविर आयोजना गरेको कोषाध्यक्ष भाष्कर भट्टले जानकारी दिए ।

स्वास्थ्य शिविरमा झलारी पीपलाडी नगरपालिका, देखतभुली, कलवापुर, बन्साहाबाट आएका दुई सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका थिए ।

‘टाढा टाढाबाट महोत्सव तथा मेला हेर्न आएकाहरुको स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि र सल्लाह सुझाव दियौं,’ कोषाध्यक्ष भट्टले भने- ‘शिवरात्री भएकाले आज लागेको मेला हेर्न गाउँ गाउँबाट आएका (जो अस्पतालको पहुँचमा छैनन्) बुवाआमा, दाजुभाई दिदीबहिनीको स्वास्थ्य परीक्षण गरी सुझाव दिने काम हामी युवाहरुले किन नगर्ने भन्ने भावनाले कार्यक्रम आयोजना गर्यौं ।’

संस्थाले झलारी बजारको मेनरोड र खुल्ला मञ्चस्थित महोत्सवस्थल बाहिर गरी दुई ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

दर्शनार्थीलाई पिउनेको पानीको व्यवस्था

यसैबीच गुडलक फाउण्डेशनले महाशिवरात्री पर्वको अवसरमा शुद्ध पिउनेको पानीको व्यवस्था समेत गरेको छ । शिवरात्रीको भीडमा दर्शनार्थीलाई सहज होस् भनेर बजारका तीन ठाउँमा पिउने पानीको व्यवस्था गरिएको कोषाध्यक्ष भट्टले बताए ।

शिवरात्रीका अवसरमा झलारीमा ठूलो मेला लाग्ने गर्दछ ।