१९ कार्तिक २०८३, बिहिबार

विवेकशील नेपाली दलद्वारा धुलमाण्डौविरुद्ध चावहिलमा जनचेतना अभियान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । “बम बम भोले, मार्ने भो धुलोले” भन्ने मूल नारा सहित विवेकशील नेपाली दलले आज मिति २०७३ फागुन १३ गते महाशिवरात्रीको दिनमा काठमाण्डौको चावहिल चोकमा शान्तिपूर्ण प्रदर्शनी गरेको थियो । कार्यक्रममा स्थानीयहरु, बटुवा र व्यापारीहरुले पनि सहभागिता जनाएका थिए । चावहिलदेखि गौशालासम्म शान्तिपूर्ण र्याली गरिएको उक्त कार्यक्रममा गौशालामा कोणसभामा परिणत भएको थियो ।

सरकारको अव्यवस्थित सडक निर्माणको योजना र त्यसले निम्त्याएको तीव्र धुवाँधुलोले आमजनताको स्वासप्रस्वास र आवतजावत गर्न समेत अप्ठ्यारो परी ज्यान नै धरापमा पर्ने सम्भावना रहेको साथै विकास निर्माणका कार्यहरु चुस्त र शीघ्र रुपले सम्पन्न गर्न नसकेको भन्दै सडक सन्देश कार्यक्रम गरेको थियो । साथै कोणसभामा सहभागीहरुले कविता वाचन पनि गरेका थिए ।

कार्यक्रममा ‘भन्छु बनाउथ्यौ सिंगापुर, बनाइदियौ धुलोपुर’ ‘प्रजातन्त्र कि लुटतन्त्र’, ‘नेताको पाराले धुलो खाए साराले जस्ता नाराहरु पनि बोकिएका थिए । स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने आधारभूत अधिकार नै हनन गरेको भन्दै दलले यस कार्यक्रमको आयोजना गरेको यसका संयोजक प्रितम सुवेदीले भन्नुभयो ।

कार्यक्रममा भिन्न तरिकाले सकारात्मक सन्देश लिखित प्ले कार्ड प्रस्तुति सहित अभियानकर्ताहरुले नौलो भिन्न तरिकाबाट सिधै  सरकार र  सम्बन्धित निकायको प्रमुखलाई सन्देश तथा फोन मार्फत झक्झक्याउनु होस् भन्दै सरोकारवाला मन्त्रीहरुको सम्पर्क ठेगाना सहितको पर्चा समेत वितरण गरिएको थियो तत्पश्चात पशुपतिमा दर्शन गर्न लाइनमा बसेका भक्तजनहरुले लगत्तै सरकारलाई फोन र एस्‌एम्‌एस् पनि गरेका थिए ।