१९ कार्तिक २०८३, बिहिबार

बर्दियामा फोटोग्राफी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र देखिएको जरायो ।

बर्दिया, १३ फागुन । फागुन ९ गतेदेखि बर्दियाको ठाकुरद्वारामा चलिरहेको फोटोग्राफीसम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला आज समापन हुँदैछ ।

हिमालयन स्कुलर्स ग्रुप र ए स्क्वायर्स प्रोडक्सन प्रालिको संयुक्त आयोजनामा कार्यशाला सम्पन्न हुन लागेको हो । हिमालयन स्कुलर्स ग्रुप डब्लु डब्लु एफ नेपालबाट वन र वातावरण शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको समूह हो भने ए स्क्वायर्स प्रोडक्सन प्रालि फोटोग्राफी सम्बन्धि तालिम र गोष्टिहरु आयोजना गर्दै आएको संस्था हो ।

देश र विदेशबाट गरि २० जना फोटोग्राफरहरुको सहभागिता रहेको कार्यशालाले बर्दिया राष्ट्रिय निकुञ्ज र यसमा रहेको पर्यटनको सम्भाव्यतालाइ अन्तरास्ट्रिय स्तरमा प्रचारप्रसार गर्न महत्वपुर्ण हुने आयोजकको भनाइ छ ।

हिमालयन स्कुलर्स ग्रुपका सदस्य तथा आयोजक टिमका प्रमुख प्रसुन घिमिरेले भने, ‘नेशनल जिओग्राफिका लागि काम गरिसकेका प्रसिद्ध भारतीय फोटोग्राफर बालन माधबन समेत कार्यशालामा उपस्थित हुनुले कार्यक्रमको गरिमा अझ बढाएको छ ।’

५ दिनसम्म चलेको कार्यशालामा जंगल सफारी, हात्ती सफारी, कर्णाली पुल तथा बबई नदि अवलोकन, जीप सफारीलागायतका क्रियाकलापमार्फत निकुञ्ज भित्र आसपासका दृश्यहरु कैद गरिएको छ । कार्यशालाले बर्दिया राष्ट्रिय निकुञ्जकै वृत्तचित्र समेत निर्माण गर्ने उदेश्य लिएको छ ।

कार्यशालामा सहभागी फोटोग्राफर जवाफ राइले कार्यशालाले त्यस क्षेत्रको वन्यजन्तु तथा वातावरण संरक्षण र पर्यटन बिस्तारमा टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । ‘आयोजक टीमका सबै संरक्षणकर्मी र व्यवसायिक फोटोग्राफरहरुसंगको यो ५ दिने बसाइ महत्वपुर्ण र अविस्मरणिय रह्यो’ राइले थपे । कार्यशालाका कार्यक्रम संयोजक अनुप वस्वानी र परामर्शदाता उमङ्ग जंग थापा रहेका छन् । अन्य आयोजक टीमका सदस्यहरु सिमा खनाल, बिशेष गौतम र रञ्जन चौधरी रहेका छन् ।

तस्विरः जवाफ रार्इ ।