काठमाडौं, १३ फागुन । काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलमा ‘विद्यार्थी कल्याण परिषद्को सभापतिमा अनेरास्ववियुका सुन्दर लामा चयन भएका हुन् ।
बिहीबार बसेको विश्वविद्यालय सर्वदलीय संयन्त्रको बैठकले विद्यार्थी कल्याण परिषद्मा सहमतिबाट नेतृत्व चयन गरेको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य जेनिस लामाले जानकारी दिए ।
देशभरीका क्यामपसमा स्ववियु निर्वाचनको महोल बढिरहेका बेला केयु विद्यार्थी कल्याण परिषद् पदाधिकारीमा अनेरास्ववियुले वर्चश्व कायम गरेको हो ।
यसैगरी अनेरास्ववियुबाटै सह–सचिवमा विक्रम ढकाल, कोषध्यक्षमा अशोक रिमाल चयन भएका छन् । अन्य दुई सदस्यहरू राइज अधिकारी र सुमनराज पौडेल अनेरास्वविबाट चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य लामाले बताए ।
अनेरास्ववियुलाई अध्यक्ष, सहसचिव, कोषाध्यक्ष र दुई सदस्य सहित पाँच, नेपाल विद्यार्थी संघलाई सचिव, सहसचिव र दुई सदस्यसहित चार, अखिल क्रान्तिकारीलाई एक उपसभापति र एक सदस्य र नयाँ शक्ति, विप्लव र वैद्य समूहका विद्यार्थी संगठनहरूलाई एक उपसभापति सहित एक÷एक सदस्यसहित परिषद्ले १५ सदस्यीय पदाधिकारी पाएको हो ।
त्यसैगरि नेपाल विद्यार्थी संगठनका तर्फबाट सचिव अभिषेक आत्रेय, सहसचिव गणेश थापा र अन्य दुई सदस्य परिषद्मा चयन भएका छन् । माओवादी केन्द्र, नयाँ शक्ति तथा विप्लब क्रान्तिकारीको तर्फबाट उपसभापतिमा यादवराज घिमिरे, किसन भट्ट तथा सौरव थापालाई चयन भएका छन् ।












प्रतिक्रिया