– कृष्ण ओझा
पाँचथर, १३ फागुन । पत्रकार महासंघ शाखा पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वर्तमान नेतृत्वले बिधान बिपरित कार्यसम्पादन गरेको भन्दै विभिन्न संगठनहरुले ५ सूत्रीय मागसहित अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
आज विहान प्रेस सेन्टर जिल्ला सचिव जंग तामाङले महासंघको कार्यालयमा ताला लगाए ।
तालाबन्दी गर्नेमा प्रेस चौतारी, प्रेस सेन्टर, मडिया नेपाल, संघीय प्रेस फोरम, संघीय लिम्बूवान पत्रकार मञ्च, लिम्बूवान पत्रकार संघ, संचारिका समूह, फोनिज, राई पत्रकार संघ, तामाङ पत्रकार संघ र महासंघ पूर्व अध्यक्ष लेखनाथ खतिवडा लगायत रहेका छन् ।
तालाबन्दीपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा पाँचथर शाखामा एक पक्षीय ढंगबाट सदस्यता सिफारिस गरिएको भन्दै केन्द्रले सदस्यता छानबिन गर्नुपर्ने माग गरिएको छ ।
यस्ता छन् पाँच सुत्रीय माग:
१) पत्रकार शाखा पाँचथरले सिफारिस गरेका सदस्यताको छानविन गर्नुपर्ने ।
२) महासंघलाई सम्पूर्ण संचारकर्मीको साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने ।
३) योग्यता पुगेका संचारकर्मीलाई विना भेदभाव सदस्यता सिफारिस गर्नुपर्ने
४) अधिवेशनको मिति यथाशिघ्र तोक्नुपर्ने ।
५) संस्थाको बिधान बिपरित कार्य गर्ने पदाधिकारीलाई कार्वाही गर्नुपर्ने ।














प्रतिक्रिया