वाशिंगटन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ ।
सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रीय उपसभापती केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिति’ गठन गरिएको छ । सभाको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् ।
अमेरिकाका २८–३० वटा शाखाका पदाधिकारी, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार, शुभेच्छुक, कांग्रेससंग आबद्ध रहेका करिव ३ सय जनाको सभामा सहभागी हुनेछ ।
नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ ।
साधारण सभा सम्पन्न गर्नाका लागि स्थानीय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले बहन गर्नेछ ।
सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा, बिधान संशोधन मसौदामा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ ।
















प्रतिक्रिया