१९ कार्तिक २०८३, बिहिबार

प्राविधिक सहयोगलाई तिव्रता दिन सिइओ पोखरेलको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले भुकम्प प्रभावित ग्रामीण क्षेत्रमा प्राविधिक सहयोग बढाउन बिकास साझेदार संस्थालाई आग्रह गर्नुभएको छ ।

बिकास साझेदार संस्थाका प्रतिनिधीहरुसंग बिहिवार भएको बैठकमा सिइओ पोखरेलले भुकम्प प्रभावित जिल्लामा पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको व्यवस्थापन हुन नसकेकाले भुकम्प प्रतिरोधी घर निर्माणका लागी प्राविधिक सहयोगलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

बैठकमा बिकास साझेदार संस्थाका प्रतिनिधीलाई सम्वोधन गर्दै डा। पोखरेलले भन्नभयो स्रोत साधनले पुग्छ भने आवास अनुदान, पुर्वाधार बिकासका लागी अुदान र प्राविधिक सहयोग दिनुहोस, यदी स्रोतको अभाव छ भने प्राविधिक सहयोगलाई मात्रै भएपनि बढाएर सवै घरलाई भुकम्प प्रतिरोधी घर बनाउने माहौलका लागी सहयोग गर्नुहोस । उहाँले बिकास साझेदार संस्थाहरुले घर निर्माणका लागी पुरै गाविसमा प्राविधिक सहयोगको जिम्मा लिए सरकारले आवास अनुदान दिएर त्यस्ता संस्थासंग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

प्राम्भिक रिपार्टले आधा भन्दा बढी घरहरु सरकारी मापदण्ड अनुरुप बनिरहेको जानकारी पाएको भन्दै सिइओ पोखरेलले बिकास साझेदार संस्थाले ग्रामिण क्षेत्रमा अनुदान भन्दा पनि तालिम प्राप्त ओभरसियर र इन्जिनियरलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संचार माध्याम मार्फत एनजिओ र आएनजिओले गरेका कामको गुनासो आउने गरेको भन्दै आलोचना नहुने ढंगले पारदर्शी र जवाफदेखी भएर काम गर्न बिकास साझेदार संस्थाका प्रतिनिधीलाई आग्रह गर्नुभयो ।

बैठकमा बिकास साझेदार संस्थाका प्रतिनिधीहरुले प्रभावित क्षेत्रमा गएर सिधै काम गर्न नमिल्ने समस्याका कारण स्थानिय गैरसरकारी संस्थासंग समन्वय गरेर काम गर्दा स्रोध साधनको अभाव हुने गरेको बताए । “बिगत एक बर्षको अवधीमा व्यापक रुपमा स्थानियलाई डकर्मी तालिम दिएर भुकम्प प्रतिरोधी घर बनाउने आधार तयार ग गर्नुपथ्र्यौ सिइओ पोखरेलले भन्नुभयो, तर त्यो हुन नसकेकाले फेरी पनि जनताले सरकारको मापदण्ड बिपरित घर नबनाउन भनेर हामीले ग्रामिण क्षेत्रमा प्राविधिक सहयोगलाई अझै बढी केन्द्रित गर्न भनेका छौ हाम्रो आग्रहलाई बिशेष ध्यान दिनुहोला ।”

बैठकमा एडिवी, जाइका, युएनडिपी, बिश्व बैंक, प्लान नेपाल, लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधी सहभागी थिए ।