१९ कार्तिक २०८३, बिहिबार

ब्रह्मायणी निमाविको ३५ औं बार्षिक उत्सव मनाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १२ फागुन । नुवाकोटको चतुराले गाउँ विकास समिति वडा–६ का श्री ब्रह्मायणी निम्न माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालयको बार्षिकउत्वस समारोहलाई सम्वोधन गर्नुहुँर्दै सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले ग्रामीण स्तरमा रहेको यस विद्यालयले नुवाकोटको शैक्षिक गतिविधि माथि उकास्न सहयोग गरेको बताउनुभयो । साथै उहाँले विद्यालयको लागि आफ्नो तर्फबाट सहायोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

यस्तै, कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नवराज पाठकले अघिल्लो आर्थिक वर्षको विद्यालयको प्रगती विवरण सार्वजनिक गर्नुभएको थियो । विवरणमा पच्चीस लाख छत्तीस हजार छ सय चौतीस रुपैयाँको आयब्यय प्रस्तुत गरेको थियो । विद्यालयमा भएको शैक्षिक विकास र विद्यालयको भौतिक संरचना निर्माणका लागि भएको कार्य र प्रयासको विषयमा उहाँले अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो ।

३५ औं बार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रममा जिल्ला शिक्षा कार्यालय नुवाकोटका रबिप्रसाद थपलिया, महेन्द्र उच्च मावि चतुरालेका प्रध्यानाध्यापक शशीकुमार थपलिया, देउराली महाकाली प्राथमिक विद्यालयका शेषमान ताामङ, पुर्व गाविस अध्यक्ष पद्मराज पौडेल, विद्यालयका पुर्व अध्यक्षहरु राजु रुम्बा, ठुलोकान्छा तामाङ, अर्जुनबहादुर ताामङ, नेपाली काँग्रेस चतुराले सभापति बद्रीराज थपलिया, नेकपा माओवादी केन्द्रका अञ्जान रुम्बा तामाङ, नेपाल कम्न्युष्ट पार्टी बिप्लबका गाउँ अध्यक्ष बृष रुम्बा तामाङ लगायतले मन्तव्य शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामहरी पन्तको सभापतितवमा सम्पन्न भएको कार्यक्रममा विद्यालयमा शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

साथै कार्यक्रममा साँस्कृतिक संघ नुवाकोटका अध्यक्ष एवम् कलाकार उद्धब कार्की, कलाकार अमृता लुङ्गेली मगर, लगायत राष्ट्रिय एवम् स्थानिय कलाकार बिष्णुमाया थिङ, पार्वती तामाङ, शान्ति थिङ र बिनिता तामाङ साथमा विद्यार्थीहरुले आ-आफ्नो नृत्य प्रस्तुति राखेको थियो ।