१९ कार्तिक २०८३, बिहिबार

वनबाट माटो झिकेको आरोपमा हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बनेपा, १२ फागुन । काभ्रेपलाञ्चोकमा इजाजतबिना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ ।

धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतिष श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो ।

उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतबिना एकहजार दुईसय घनफिट माटो झिकेको र २७ घनफिट माटो बरामद गरी उनीहरुलाई प्रहरी हिरासतमा लिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

श्रेष्ठ र लामा दुबैलाई एक साताअघि जिल्ला वन कार्यालय, धुलिखेलले नियन्त्रणमा लिएको थियो । वन ऐन, २०४९ अनुसार उनीहरुलाई ६ महिना कैद वा रु एकहजार आठसय जरिवाना वा दुवै हुने प्रावधान रहेको छ । रासस