१३ कार्तिक २०८३, शुक्रबार

सरकारी ढुकुटीमा माओवादी मन्त्रीहरू रजाईं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । विभिन्न शीर्षकहरूमा जम्मा रहेको पैसालाई रकमान्तर गरेर माओवादीका मन्त्रीहरूले लुट मच्चाउन थालेको ठूलो रहस्य बाहिरिएको छ ।

स्थानीय विकास मन्त्रालयमार्फत रकमान्तर गरेर सरकारी पैसा कार्यकर्तामा उडाउन थालेपछि राज्यलाई माया गर्ने राष्ट्रवादी कर्मचारीहरूले विरोध गर्न शुरु गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा र स्थानीय विकासमन्त्री हितराज पाण्डेको मिलोमतोमा सरकारी पैसा रकमान्तरको अभियान चलाएको हो ।

माओवादी मन्त्रीहरूले सरकारी पैसा रकमान्तर गरेर कार्यकर्तालाई बाँड्न थालेपछि कांग्रेसका मन्त्रीहरूले रोक्ने प्रयास गरेका छन् । तर, प्रधानमन्त्री दाहालको ठाडो आदेशका कारण कांग्रेसी मन्त्रीहरू बोल्न नसकेको स्रोतको भनाई छ । अघिल्ला सरकारहरूले जम्मा गरेर राखको रकम रकमान्तर गरेर बाँड्न पाएपछि माओवादी मन्त्रीहरूमा खुसीयाली छाएको छ ।

माओवादीका मन्त्रीहरूले विभिन्न मन्त्रालयहरूका झण्डै दुई दर्जन योजनाको दश अर्ब रुपियाँ रकमान्तरको तयारी थालेका छन् । कतिपय योजनाका रकम यसअघि नै रकमान्तर गरिसकेका छन् ।

दश अर्ब रकमान्तर गरेर कार्यकर्ता पोस्ने कार्य हुन थालिएपछि कांग्रेस सभापति देउवाले पार्टीबाट मन्त्रीहरू बनेकाहरूसँग गोप्य रुपमा बुझेको स्रोतको भनाइ छ । देउवाले राज्यको ढुकटी दुरुपयोग नगर्न र नगराउन निर्देशन दिए पनि कांग्रेसका मन्त्रीहरूले नै नमानेको आरोप छ ।