काठमाडौं, ११ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित जर्मन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी एलटी कोल कारस्टेन ह्वेलस्करले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति र जर्मन सहचारीबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया