काठमाडौं, ११ फागुन । अख्तियार प्रमुख रहँदा सयौं ‘ठूला’हरुको निदहराम गराएका लोकमानसिंह कार्की पदबाट हटेलगत्तै लुसुक्क विदेशतिर किन लागे होलान् ? धेरैलालई लाग्न सक्छ, उनीमाथि जे जस्तो अभियोग लगाइयो त्यसबाट केही लाज भएर हिँडेका हुन् ।
कसैलाई यो पनि लाग्न सक्छ कि अब जीवनको उत्तरार्द्ध धर्मकर्ममा लागेर बिताउने निर्णय गरेका हुन सक्छन् तर, यथार्थ भने अर्कै रहेछ । उनी नेपाल बस्दा सुरक्षा सुविधा मागेको, तर नपाएको स्थिति रहेछ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
प्राप्त सूचनाअनुसार सर्वोच्चले पदपुक्त गर्न आदेश दिएलगत्तै उनले क्यबिनेटले पहिल्यै गरेको एउटा निर्णय कार्यान्वयनको माग राखेका थिए । सरकारसमक्ष प्रस्तुत सो मागसम्बन्धमा गृहले पनि क्याबिनेटसमक्ष चलाखीपूर्ण सिफारिस गर्यो, प्रचलित कानूनबमोजिम हुने गरी । कानस्नमा संवैधानिक अंगका प्रमुखलार्य पदमुक्त भएपछि के–के सुरक्षा दिने स्पष्ट व्यवस्था छैन ।
लोकमानले मात्र त्यस्तो सुविधा प्राप्त गर्न सम्भव पनि भएन । त्यसोभयो उनले त्यस्ते सुविधान कुन आधारमा माग गरे । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला ०७१ चैत तेस्रो साता क्याबिनेट बैठकले ‘अख्तियार दुरुपयोग अनुसान्धान आयोगका प्रमुख आयुक्तालाई पदमा रहँदा नेपाल प्रहरीबाट अगुवा–पछुवासहितको पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने र अवकाश जीवनमा समेत पछुवासहितको सुरक्षा प्रवन्ध र एक सवारी चालक, इन्धनसहितको सवारी साधन उपलब्ध गराउने’ निर्णय गरेको रहेछ ।
सोही निर्णय कार्यान्वयनको माग राख्दै लोकमानले पदमुक्त हुनासाथ सरकारलाई चिठी लेखेका हुन । तर, ऐन विपरीत हुने गरी लोकमानको पदको प्रभावमा तत्कालिन क्यबिनेटबाट गराएको निर्णय हालको सरकारले उल्टाइदियो । त्यसो भएपछि लोकमान सर्वसाधारणको हैसियतमा मात्र रहने भए । विशिष्टले पाउने सुरक्षा नमिल्ने पक्का भयो । अनि उनले तत्काल विदेशिनुमै आफ्नो सुरक्षा देखे ।
नेपाल सरकारको सुरक्षा निर्देशिकामा भूतपूर्व उपप्रधानमन्त्रीसम्मलाई सादा पोशाकमा सामान्य सुरक्षा दिन सकिने व्यवस्था छ । भूपू गृहमन्त्रीले पनि यस्तो सुविधा लिने गरेका छन् । तर, कानुनतः त्यो दिन पनि सरकार बाध्य छैन । अब लोकमानले यदि मलाई खतरा छ भनेर मागे भने केन्द्रीय सुरक्षा समितिले थ्रेट एनालाइसिस (चुनौती विश्लेषण) गरेर आवश्यक ठानेमा सुरक्षा उपलब्ध गराउन सक्छ । नत्र मेरो अधिकार हो भन्दै उनले सुरक्षा दाबी गर्न पाउँदैनन् ।












प्रतिक्रिया