– नरेश केसी
भैरहवा, १० फागुन । सरकारले आफ्नो मागलाई सम्बोधन नै नगरी एकतर्फी रुपमा चुनावको मिती घोषणा गरेको भन्दै मधेसी मोर्चाले तराई मधेसमा आन्दोलनको घोषणा गरेको छ ।
मोर्चाले आन्दोलको पहिलो चरणको रुपमा आज मंगलबार तराई मधेसमा मसाल जुलुस निकाली विरोध जनाएको छ । यसैबीच मोर्चाले रुपन्देही सदरमुकाम भैरहवामा पनि मसाल जुलुस निकालेको छ । मसाल जुलुसमा मधेसी मोर्चा सम्बद्ध सबै दल सहभागी थिए । मसाल जुलुसमा सहभागीले सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिने पनि जनाएका छन् ।
मोर्चाले संविधान संशोधन मार्फत सिमांकन हेरफेर लगायतका आफ्ना माग सम्बोधन नगरी यथास्थितीमा हुने कुनैपनि निर्वाचनमा मोर्चा सहभागी नहुने केन्द्रिय नीति अनुसार भैरहवामा मसाल जुलुस निकालीएको मोर्चाका नेता महेन्द्र यादवले जानकारी दिए ।
यसैबीच मोर्चाले बुधबार मधेस बन्दको आह्वान गरेको छ ।













प्रतिक्रिया