काठमाडौं, १० फागुन । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित जाम्बियन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सल्लाहकार ब्रीग जेन स्टेफन सिमुसन्डुले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
उक्त भेटघाटका क्रममा प्रधानसेनापति र नेपालको लागि गैह्र आवासीय सैनिक सल्लाहकार सिमुसन्डुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया