काठमाडौं, १० फागुन । सम्बद्ध स्रोतका अनुसार कांग्रेसले सकभर राप्रपालाई दुईवटा मात्रै राजदूत दिएर आफ्नो कोटामा राजदूत थप गर्न चाहेको थियो ।
तर, राप्रपाले तीनजना नभए नाम नै नदिने अडान राखेपछि कांग्रेसले दाबी छोेडेको हो । यसअघिको अनौपचारिक छलफलमा कांग्रेसले पोर्चुगलमा नयाँ दूतावास खोल्न आग्रह गरेको थियो भने माओवादीले स्पेनमै खोल्नुपर्ने अडान राखेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
माओवादीको अडानमा स्पेनमा दूतावास स्थापना गर्ने निर्णय भयो, तर राजदूत भने राप्रपाको कोटाबाट सिफारिस हुन पुग्यो । बाँकी देशमध्ये ओमन र बहराइनमा पहिलोपटक राजदूत जाँदै छन् । ती देशमा यसअघि सानो आकारको मिसन थियो जसको नेतृत्व कार्यबाहक राजदूतले गर्दै आएका थिए ।
अब ३८ कूटनीतिक नियोग
स्पेनमा नयाँ दूतावास खोल्ने निर्णयसँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगको संख्या ३८ पुगेको छ । अघिल्लो सरकारले अस्ट्रियाको भियनामा संयुक्त राष्ट्रसंघीय निकायका लागि स्थायी नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।
वर्तमान सरकारले चीनको सिचुवान प्रान्तीय राजधानी छेन्दुमा महावाणिज्य दूतावास खोल्ने निर्णय गरिसकेको छ भने सोमबार स्पेनमा दूतावास खोल्ने निर्णय गरेको छ । जसअनुसार ३० वटा राजदूतावास, सातवटा महावाणिज्य दूतावास र तीनवटा राष्ट्रसंघीय स्थायी नियोग छन् ।












प्रतिक्रिया