१९ कार्तिक २०८३, बिहिबार

चरेससहित कलुवापुरबाट एक महिला पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झलारी (कञ्चनपुर), ९ फागुन । ईलाका प्रहरी कार्यालय झलारीले ३५ ग्राम चरेससहित एक महिलालाई कलुवापुरबाट पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्लाको झलारीपिपलाडी नगर पालिका वडा न–११ं कलुवापुरमा खोका पसल संचालन गर्दै आएकी ३२ बर्षीया हिरादेवी रावल चरेससहित पक्राउ परेको ईप्रका प्रमुख प्रहरी निरीक्षक टेक बहादुर जोराले जानकारी दिए ।

लामो समयदेखि चरेसको कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले टोलीले सोमबार विहान छापा मार्दा रावल चरेससहित पक्राउ परेकी हुन् ।

रावललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर जोराले बताए ।