१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरका आरक्षपीडित आन्दोलित, फागुन १२ देखि अनिश्चितकालिन चक्काजाम गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ९ फागुन । उचित पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरका आरक्ष पीडित आन्दोलनमा उत्रिएका छन् । पीडितहरुले फागुन १२ गतेदेखि अनिश्चितकालित चक्काजामको घोषणा गरेका छन् ।

गतहप्तादेखि चरणबद्ध आन्दोलनमा उत्रेका पीडितले कार्यदलको कार्यालयमा तालाबन्दी गर्दै सरकारलाई दुई दिन अल्टिमेटम दिएका हुन् ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले सम्बन्धीत निकायले पीडितको मागप्रति वेवास्ता गरेका कारण बाध्य भएर चक्काजाम गरेको बताए । उनका अनुसार फागुन १० र ११ गते अल्टिमेटन दिईने छ । उनले दुई दिनसम्म निकासका लागि सम्बन्धीत निकायलाई समयदिने त्यस समयमा निकास ननिस्किए पुन १२ गतेदेखि शसक्त रुपमा आन्दोलन चकाईने चेतावनी दिए ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले आरक्षपीडितको पुनः तथ्याङ्क संकलन फारम अद्यावधिक गर्न सूचना जारी गरेपछि आरक्षपीडित आन्दोलित भएका हुन् ।

पीडितहरुले विगतका आयोगले अघि प्रमाणित गरेका २ हजार ४७३ परिवार र छुटपुटलाई समेत समेट्नुपर्ने माग राखेका छन् ।

यता शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले आज अर्थात फागुन १ गतेदेखि आउँदो २०७४ बैशाख २ गतेसम्म २८ औँ आयोगबाट छानबिन भएका एक हजार ४८० परिवारलाई राहत दिने भन्दै सूचना जारी गरेको छ । तर पीडितहरुले भने उक्त राहतले समस्या समाधान गर्ने भएको निश्कर्ष निकाल्दै उचित पुनर्स्थापनाको माग राखी आन्दोलनमा उत्रेका हुन् ।

विक्रम सम्वत २०५८ सालमा शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तार गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँमा बसोबास गरिरहेका बासिन्दालाई विस्थापित गरिएको थियो ।