१३ कार्तिक २०८३, शुक्रबार

टेलिकमको पैसामा श्रीमानसहित प्रवन्ध निर्देशक कामिनी बार्सिलोना सयर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । भनिन्छ कुनैपनि संस्थालाई नाफामा लैजाने र नलैजाने भन्ने सबै जिम्मेवारी व्यवस्थापनको नै हो । कुलमानसिंह घिसिङलाई मन्त्री जनार्दन शर्माले लोभ, लालचा, डर र त्रास नमानी जिम्मेवारी दिदा अहिले जनताहरु चौविसै घण्टा विजुली बाल्न पाएका छन् । संस्थाको भविश्य पनि नाफामा गएपछि उत्साह थपिएको छ । तर, नेपाल टेलिकममा प्रवन्ध निर्देशक बनेकी कामीनी राजभण्डारीको नियुक्तिले दिन प्रतिदिन वार्षिक ४७ अर्व नाफा कमाउने भनिएको संस्था धारासायि बन्ने अवस्थामा छ । उनले यो संस्थालाई जनकपुर चुरोट कारखाना बनाइदिने भन्दै आफ्ना निकटका मानिसहरुलाई सुनाउने गरेकी छन् । टावरको व्यवस्थापन गर्न नसकेका कारण नेपालका कैयौ जिल्लाका मूख्य सहरमा नेपाल टेलिकमको नेटवर्क नै छैन । त्यसैगरी सीडीएमए फोनको अवस्था अत्यन्तै नाजुक रहेको छ । धनकुटाको हिले जस्तो पर्यटकीय क्षेत्रमा पनि दूरसञ्चारको टावर हुँदैन । तर, एनसेलको टावर भने हुन्छ । नेपालको दूरसञ्चार क्षेत्रमा एकलौटी बर्चश्व रहेको संस्थाको खरबौं रुपैयाको अचल सम्पत्ति र पुरानै विश्वास भएपनि गुणस्तरीयता र व्यवस्थापनकै चलखेलका कारण गंभिर अवस्थामा आइपुगेको छ । राजभण्डारी कहिल्यै पनि कायालय प्रमुखको जिम्मेवारीमा रहेकी छैनन् । उनलाई पीएटीएनको प्रमुख रहँदा दुई महिनामै फिर्ता गरिएको थियो । त्यस्तो व्यक्तिलाई कसरी एमडी बनाइयो ? एक जना कर्मचारी प्रश्न गर्दछन् ।

अहिले उनले एमडी बन्नका लागि केहि पुराना प्रवन्धक ग्यारेन्टर बसेर कम्पनी मार्फत बुझाएको थैली कसरी मिलाउने हो भन्दै असमान्जस्यमा रहेकी छन् । उनी मन्त्री पत्नी शेराव सेंगा, बोर्ड अफ डाइरेक्टर तथा मन्त्रालयका सहसचिव किशोरजंग कार्की र उनकी श्रीमती, कामीनी र उनका श्रीमान् समेत लिएर आउदो बिहिवार कम्पनीकै खर्चमा जम्बो टोली लिएर वार्सिलोना जान लागेकी हुन् । आफुले मन्त्री, सहसचिवलाई खुशी पार्नकै लागि यसरी वार्सिलोनामा लैजान लागेको राजभण्डारीले आफु निकटका हाकिमहरुलाई बताइन् । वार्सिलोना बाहेक कम्पनीकै रकममा अन्य देशका सहरहरु पनि घुमफिर गर्ने कार्यक्रम कामीनीका शुभचिन्तकहरुले मिलाइदिएका छन् ।

केहि समय अघि लन्चिङ गरिएको फोरजी सेवाका लागि प्रवन्ध निर्देशक भण्डारीले ४८ करोड रुपैया रुपैयामा हुवावे कम्पनीलाई ठेक्का दिलाएकी छन् । जबकी जेटिइले १२ करोडमा उहि गुणस्तरमा उपलव्ध गराउने बताएको थियो । यसरी ३६ करोड कमिसन त फोरजी सञ्चालनकै निमित्त लिएकी उनले यो सेवा फोरजी नभएर ३.५ जी भएको कुरा एक जना टेलिकमकै प्राविधिकले बताए ।

ब्याजमा नाफा बढेकोमा राजश्व बढेको राजभण्डारीको दाबी

कामीनी राजभण्डारी प्रवन्ध निर्देशक बनेपछि राजश्व बढेर संस्था नाफामा गएको भन्दै झुठा पुलिन्दा बाहिर ल्याएकी छन् । जबकी त्यो नाफा कोर बिजनेसबाट नभएर अहिले तरलताका कारण बैंकहरुले प्रतिस्पर्धाका रुपमा ब्याज बढाएका कारण भएको हो । टेलिकमका एक प्राविधिकका अनुसार एन्टरनेशनल विजनेसबाट वार्षिक १३ अर्व ५० करोड रुपैया आम्दानी गर्ने लक्ष लिएको भएतापनि अहिले ६ महिनाको प्रगति विवरणमा मात्रै ५ अर्व नाफा भएको छ । अव कुनै पनि हालतमा ३ अर्व भन्दा बढि घाटा हुने कर्मचारीहरु बताउँछन् । त्यसैगरी कम्पनीले बैंकमा राखेको ७८ अर्व रुपैयाको ब्याज ५ प्रतिशत आउने गरेकोमा अहिले बैकिङ तरलताका कारण १३ प्रतिशत पाइनेभएपछि नाफा बढेको भनेकी छन् । त्यसै गरी उनले डलर खातामा पनि नाफा भएको बताएकी छन् । यो नाफा पनि एक सय रुपैयाको अमेरिकी डलरको सटही एक सय आठमा पुगेका कारण भएको हो । यसरी नेपाल टेलिकमको संचित दुई अर्व ५० करोड डलरबाट सटहीमा अमेरिकी डलर बढेको कारण नाफा देखाएकी हुन् । नेपाल टेलिकममा भएका भ्रष्टाचारको फेरहस्ति पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिएको कर्मचारीहरु बताउँछन् । तथापी प्रवन्धक प्रदिप ठाकुरले मिलाउने हुँदा केहि पनि फरक नपर्ने बताउँदै आएकी छन् । प्रवन्ध निर्देशक बनेपछि कम्पनीलाई फाइदा हुने कुनैपनि नीतिगत निर्णय राजभण्डारीले लिन सकेकी छैनन् ।

डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ ।