इलाम, ८ फागुन । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित भएकी छन् ।
आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ इलामको दशौं अधिवेशनबाट पत्रकार कोकीला ढकाल इतिहास रच्दै पहिलोपटक जिल्ला शाखाको अध्यक्ष बनेकी हुन् ।
ढकाल नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष हुने नेपालकै पहिलो महिला पत्रकार हुन् । २०६० देखि निरन्तर रुपमा पत्रकारितामा सक्रिय उनी हाल इलाम पोष्टमा सहसम्पादक, राजधानी दैनिकको जिल्ला समाचारदाता र इलाम आवाज साप्ताहिकमा आवद्ध छिन् ।
ढकाल प्रेस चौतारी नेपाल र सञ्चारिका समूहकी जिल्ला अध्यक्ष पनि हुन् ।













प्रतिक्रिया