– अमरराज पुन
रुकुम, ८ फागुन । मध्यपश्चिमाञ्चल रुकुम महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको बताईएको छ । रुकुम उद्योेग बाणिज्य संघ रुकुमको सभा हलमा आज भएको पत्रकार सम्मेलनमार्फत रुकुम महोत्सव मुल आयोजक समितिले महोत्सवको बारेमा हाल सम्म भए गरेका गतिविधीहरुको जानकारी गराएको हो ।
यहि फागुण १२ देखी २१ गते सम्म रुकुम मुसिकोट खलंगाको बराहटाकुरामा संचालन हुने महोत्सवको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने काकर्यक्रम रहेको छ । महोत्सवमा २२ जना विशेष अतिथिहरुको समेत उपस्थिति रहने जानकारी प्राप्त भएको छ ।
अहिलेसम्म ७६ ओटा स्टलहरु बुकिङ्ग भईसकेको र १५ ओटा स्थायी गेटहरुको निर्माण कार्य पनि तिब्र रुपमा भईरहेको बताईएको छ । यस्तै महोत्सव उद्घाटनको पहिलो दिनमा रुकुमका २२ ओटा गाविस को झाँकी समेत प्रदर्शन हुने भएको छ । जिल्लामा पहिलो पटक हुने ऐतिहासिक महोत्सवमा कृषि, जडिबुटी, पर्यटन, उर्जा, सूचना प्रविधि लगायत उद्योग तथा व्यापार सम्बन्धि वस्तुहरुको प्रचार प्रसार हुने आयोजकले बताएको छ ।
झन्डै पाँच लाख दर्शकहरु भित्र्याउने लक्ष्य राखिएको उक्त महोत्सवमा करिब १५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिईएको छ । महोत्सवलाई भव्य रुपमा सफल पार्नका लागि महोत्सव मेला मूल आयोजक कार्यान्वयन समितिले प्रचार–प्रसारका लागि विभिन्न क्षेत्रमा काम गर्ने उप समितिहरु समेत गठन गरेर कार्यक्षेत्रमा खटाई सकेको जानकारी दिईएको छ ।
महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने छ ।













प्रतिक्रिया