१९ कार्तिक २०८३, बिहिबार

युनियनको दाङ शाखाले महासंघको अध्यक्षमा पोखरेललाई अगाडि सार्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ ८ फागुन । नेपाल प्रेस युनियन दाङले पत्रकार महासंघका पूर्व उपाध्यक्ष विपुल पोखरेललाई केन्द्रीय अध्यक्षको उम्मेदवारमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

युनियनको आइतबार घोराहीमा भएको रणनीतिक भेलालले पोखरेल केन्द्रीय नेतृत्व लिनका लागि सक्षम रहेको निष्कर्ष निकाल्दै अध्यक्षमा सर्वसम्मत प्रस्ताव गर्ने निर्णय गरेको हो ।

पोखरेलले पनि पत्रकार महासंघको नयाँ नेतृत्वका लागि विभिन्न जिल्लाहरूमा पुगेर आफ्नो पक्षमा पचार प्रसार गर्दै आएका छन् ।

सहमतिका लागि दाङ शाखाले अग्रता लिएर अन्य संगठनसँग छलफल अघि बढाउने निर्णय पनि गरेको छ ।