काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका शीर्ष नेतालाई सरकारी निवास बालुवाटार बोलाएका छन् ।
सोमबारको मन्त्रिपरिषद बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे मोर्चासँग सहमति खोज्न साँझ ७ बजे बैठक बोलाएका हुन् ।
मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र राय यादवलाई बैठकमा बोलाइएको छ । तर, उपेन्द्र यादव आजै नयाँदिल्ली गएकाले उनको स्थानमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ बालुवाटार बैठकमा सहभागी हुने बताइएको छ ।












प्रतिक्रिया