१९ कार्तिक २०८३, बिहिबार

नेपाली भूमिमा भारतीय प्रहरीको ठाडो हस्तक्षेप, नेपाली प्रशासन पनि भारतकै पक्षमा!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ८ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारस्थित दशगजा क्षेत्र नजिक नेपाली भूमिमा पुनर्वास नगरपालिकाको बजेटमा भइरहेको कल्भर्ट निर्माण कार्यमा भारतीय सीमा सुरक्षा प्रहरीले अवरोध गरेको छ ।

दशगजा क्षेत्र भन्दा करिब १ किलोमिटर पर भइरहेको निर्माण कार्यमा पनि सीमास्तम्भ नभएको भन्दै भारतीय प्रहरीले अवरोध गरेको हो । पुनर्वास नगरपालिकाले भारतीय बजार ओहोरदोहोरमा सहज बनाउन सो स्थानमा कल्भर्ट निर्माण गरिरहेको थियो ।

तर, भारतीय प्रहरीले सो जमिन गुगल स्याटालाइटमा भारतमा देखाएको भन्दै नेपाली भूमिमा पटक–पटक हस्तक्षेप गरिरहेको छ । नेपाली प्रहरी प्रशासनले पनि सो स्थान विवादित भएकाले हालका लागि कल्भर्ट निर्माण कार्य रोक्नुपर्ने जनाएको छ ।

हतियारसहित आएका भारतीय प्रहरीले हतियार देखाउँदै निर्माण कार्य तुरुन्तै रोक्न लगाएका थिए । तर, सो जमिन मानबहादुर सुनार र कर्णबहादुर सुनारको नाममा छ । तर, उनीहरुले पनि भारतीय प्रहरीको डरले भोगचलन गर्न पाएका छैनन् ।