मोरङ, ८ फागुन । बालिका बलात्कारको अभियोगमा मोरङमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हसन्दह–८ बस्ने ७ वर्षीया बालिकालाई शुक्रबार जबरजस्ती करणी गरेको अभियोगमा भारत जलपाईगुडी भितली बस्ने २६ वर्षीय नबिन परियारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया