३१ आश्विन २०८३, शनिबार

ओमानमा एमालेको कार्यकर्ता प्रशिक्षण, भीम रावलले सम्बोधन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्कट, ८ फागुन । एमालेनिकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ओमानले राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

ओमानस्थित होटल पार्क वे ओ के सेण्टर रूवीमा आगामी शुक्रबार २४ फेब्रअरीका दिन हुने कार्यक्रमलाई एमाले उपाध्यक्ष भीम रावलले सम्बोधन गर्नेछन् ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ अन्तर्गत रहेर प्रवासी नेपाली मञ्च ओमानले एक दिने राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको सचिव बिष्णु चौलागाईले जानकारी दिए ।

‘कार्यक्रममा उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री रावल प्रमुख अतिथिको रुपमा रहनु हुनेछ,’ सचिव चौलागाईले भने– ‘तसर्थ एमालेप्रति आस्था राख्नुहुने, संगठनमा आबद्ध हुन चाहने शुभ चिन्तक, कार्यकर्ता तथा संगठित सदस्यहरू जो प्रवास ओमानमा रहँदै आउनु भएको छ सबैलाई उपस्थित भई सहभागी जनाई दिन अनुरोध गर्दछु ।’

सचिव चौलागाईका अनुसार एमाले उपाध्यक्ष रावल कार्यक्रममा भाग लिन विहिबार ओमान आइपुग्नेछन् ।