बैतडी, ७ फागुन । नेपाल सरकारको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)ले सुदूरपश्चिमका तीन जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा राससका महाकाली अञ्चल कार्यालयका कार्यालय प्रमुख शेर बहादुर सिंह, राससका डडेल्धुरा समाचारदाता धन बहादुर भण्डारी र रासस महाकाली अञ्चल कार्यालयका कार्यालय सहयोगी सागुर सिंह राना रहेका छन् ।
राससको शनिवार ५६ औं बार्षिकोत्सव अवसरमा उहाँलाई सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नगद सहिद सम्मान गर्नुभएको हो ।
रासस महाकाली अञ्चल प्रमुख शेरबहादुर सिंहलाई समाचार संकलन तथा सम्प्रेसण सहित राससको भौतिक सम्पती संरक्षण एवं सम्वर्धन पुर्याएको भन्दै कदरपत्र सहित दोसल्ला ओडाएर सम्मानित गरेको होे ।
यस्तै राससका डडेल्धुरा समाचारदाता धन बहादुर भण्डारीलाई सुदूरपश्चिमवाट उत्कृष्ठ समाचार सम्प्रेसण गरेको भन्दै नगद पाँच हजार सहित सम्मान गरेको हो भने रासस अञ्चल कार्यालय भिमदत्तनगरका कार्यालय सहयोगी सागुर सिंह रानालाई आदित्य ध्वज स्मृती पुरस्कारवाट सम्मानित गरेको हो । उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।
विस २०६४ सालवाट सुदूरपश्चिममा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका राससका महाकाली अञ्चल प्रमुख शेर बहादुर सिंह विगत ३ बर्षदेखि रासस कार्यरत रहेका छन । सिंह केही दिन अगाडी मात्रै राष्ट्रिय कृषि पत्रकारिता पुरस्कार २०७३ वाट समेत पुरष्कृत भएका थिए ।
यस्तै राससले ५६ औं बार्षिकोत्सव अवसरमा सुदूरपश्चिमका ३ जना लगायत देशभरीका गरी एक दर्जन बढीलाई सम्मानित गरेको हो ।













प्रतिक्रिया