काठमाडौं, ७ फागुन । भारतले कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल आउने सामान एवं वस्तुमा लगाएको ४.५ सेवा शुल्कलाई हटाएको छ ।
नेपालले सो सेवा शुल्क दुई देशको व्यापार तथा वाणिज्य सन्धिको विपरीत भएको भन्दै सकेसम्म छिटो हटाउन भारत सरकारलाई लिखित आग्रह गरेको थियो । यस अगाडि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सो कर हटाउनको लागि भारतीय अधिकारीहरुलाई निरन्तर रुपमा आग्रह गरिरहेका थिए ।
कलकत्तास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल आउने सामान एवं वस्तुमा लगाएको ४.५ सेवा शुल्क हटेको जानकारी आफूलाई प्राप्त भएको जानकारी दिएका छन् । यस अगाडि भारतको अर्थ तथा वाणिज्य मन्त्रालयले एक नोटिफिकेसनमार्फत सो सेवा शुल्क लगाउने घोषणा गरी कार्यान्वयन गरेको थियो । सो कार्यको नेपाली व्यवसायीहरुले विरोध समेत गरेका थिए । यदि सो करलाई निरन्तरता दिईमा सो बन्दरगाह हुँदै नेपाल आउने सामान महँगो हुने गर्दछ ।
यो विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदमै आवाज उठाउँदै सरकारसँग जवाफ समेत मागेको थियो । उसले तुरुन्त सेवा शुल्क हटाउन पहल गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
कान्तिपुर दैनिकमा समाचार छ ।












प्रतिक्रिया