१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड र कमल थापाले यसरी गरे एक–अर्काको प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । राप्रपाको कार्यक्रम सञ्चालिका कोमल वलीले पटकपटक प्रधानमन्त्री प्रचण्ड आउने बताइरहेकी थिइन् । तर, कार्यक्रम सकिनै लाग्दासमेत प्रचण्ड आउने टुंगो थिएन ।

अन्तिम वक्ताका रूपमा कमल थापाले बोल्नुअघि उनी आइपुगे । छोटो मन्तव्य दिने क्रममा प्रधानमन्त्री प्रचण्डले थापालाई निकै हौस्याए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘वैचारिक हिसाबले हामी फरकफरक छौँ, तर राप्रपा भनेपछि मिलौँ मिलौँ, सँगसँगै जाउँ भन्ने लाग्छ,’ प्रचण्डले थापालाई हौस्याउँदै भने, ‘थापाजी अब टाढा नजानुहोला ।’

प्रचण्डले हौस्याएपछि अन्तिम वक्ताका रूपमा बोल्न थालेका थापाले पार्टी एकता, आगामी नीति र कार्यक्रमभन्दा प्रचण्डसँगको ‘केमेस्ट्री’ मिल्नेमै धेरै समय खर्चिए ।

‘प्रचण्डजीमा विलक्षण प्रतिभा (चमत्कार) छ,’ थापाले भने, ‘अब प्रचण्डबाट अर्को चमत्कार आवश्यक छ । प्रचण्डको विद्रोह र हामीले उठाउँदै आएका मूल्य–मान्यताको सामाञ्जस्यतमा समाधान खोजौँ, यो नै नेपालको अस्तित्वको ग्यारेन्टी हुन्छ । यस्तो भए हामीलाई कसैले चुनौती दिन सक्दैन ।’

प्रचण्डसँग काम गर्दा आफूले अत्यन्तै निकटको अनुभव गर्ने गरेको पनि थापाले बताए । ‘हामीलाई निकट ल्याउने काम राष्ट्रियता हो,’ थापाले भने, ‘देशलाई बलियो बनाउने विषयमा हाम्रो निकटता छ । प्रचण्डसँग काम गर्दा अत्यन्तै निकटताको महसुस गर्छु ।’