१९ कार्तिक २०८३, बिहिबार

सल्यानमा खानेपानीको चरम अभाव, जिल्ला स्वास्थ्य कार्यालय समेत प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ४ फागुन । सल्यानका उच्च पहाडी क्षेत्रमा रहेका गाउँबस्तीहरुमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मूलहरु सुक्दै गएपछि स्थानीय निकै मारमा परेका छन् । यसको प्रत्यक्ष मारमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानमा समेत परेको छ ।

२४ सै घण्टा पानीको आवश्यकता हुने जिल्ला अस्पतालमा पानीको अभाव भएपछि सरसफाईमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाईका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

हप्तामा एक दुई पटक दुइ घण्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलले बताइन् । अस्पताल जस्तो अति संवेदनशिल स्थानमा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा. रावलको भनाई रहेको छ ।

यस्तै कुपिण्डे गाविस –४ माथिल्लो ज्यामिरेमा पनि पानीको निकै समस्या देखिएको छ । ६० घरधुरीले प्रयोग गर्दै आएको एकमात्र कुवा सुक्न थालेपछि पानीको हाहाकार भएको स्थानीय राम बहादुर यरीले बताए । गांउमा एकमात्र कुवा रहेको र पानीको अन्य कुनै विकल्प नभएकाले बस्तीनै बिस्थापित हुने जोखिममा रहेको उनको भनाई छ ।

यस्तै जिल्लाका दार्माकोट, कजेरी, लेखपोखरा, स्यानीखाल, हिवल्चा, कुपण्डे दह लगायतका २ दर्जन बढी गाबिसमा खानेपानिको हाहाकार हुन थालेको हो । खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जावस् पिउनका लागीसमेत पानी नपाउने अवस्था आएपछि स्थानीयबासी घण्टौँ पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य भएका छन् । घण्टौँ हिडेर आफु सँगै गाईबस्तुलाई खुवाउने पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयबासी गुनासो ब्यक्त गरेका छन् ।

सदरमुकाम आसपासमा पानीका मुहान कम हुनु र टाढा बाट आएको पानी हप्तामा दुई दिन मात्र आउने पानाी एक दुई घण्टा भन्दा बढी नआउने भए पछि स्थानिय समस्यामा परेका हुन । सदरमुकाममा बस्ने जो कोहीले पनि हाल दुई देखी तीन रुपैँया सम्म प्रति लिटर पानी किनेर दैनिकी चलाउन बाध्य भएका छन् ।