– मिना बुढाथोकी
सल्यान, ४ फागुन । जिल्लाको दमाचौर नब बुराँसे टाकुरीमा रहेको जनता माध्यामिक बिद्यालयले शैक्षिक सुधार र बिद्यालयको दिगो बिकासका लागी अजम्बरी कोष स्थापना गरेको छ ।
बिद्यालयमा शिक्षकलाई तलब दिन आर्थिक अभाब भएपछि अजम्बरी कोष स्थापना गरी कोष मार्फत तलब दिने र बिद्यार्थीको उज्ज्वल भबिष्यका साथै शैक्षिक परिबर्तनका लागी बिद्यालयमा ‘कसमसु’ अजम्बरी कोष स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक लालसिंह वलीले बताए ।
जिल्ला शिक्षा कार्यालय बाट प्राबि सम्मको स्वीकृति पाएको बिद्यालयमा हाल बिद्यार्थी र अभिभाबकको माग अनुसार कक्षा नाँै सम्म कक्षा सञ्चालन गरिएको उनले बताए । सो बिद्यालयमा निमाबिको लागी एकमात्र राहत दरबन्दी रहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । शिक्षा कार्यालयले आबश्यकता अनुसारको दरबन्दी दिन नसकेको र स्थानिय स्तर बाट निजि शिक्षक राखेर तलब खुवाउने अबस्था नरहेकाले अभिभाबकहरु आफै सक्रिय भएको स्थानीय धर्मराज वलीले बताए । अजम्बरी कोषबाट बिद्यालयलाई यसै शैक्षिक सत्रदेखी कक्षा १० सम्म सञ्चालन गर्ने तयारी विद्यालयको रहेको छ । शिक्षक, बिद्यार्थी र अभिभाबक गरी त्रिपक्षिय रुपमा सहकार्य गर्दै अगाडी बढे सामुदायिक बिद्यालय बाट पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने लक्ष्यका साथ काम थालिएको विद्यालयले जनाएको छ ।
कोषबाट आएको रकमले निजि शिक्षकलाई तलब खुवाउने, भौतिक संरचना निर्माण गर्ने र शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिने र अहिले कोषमा ९ लाख बढी रकम जम्मा भएको प्रअले बताए । जसमा झ्याम बुरासे लहरे नाच समितिले ७ लाख २ हजार ५ रुपैँया र स्थानिय अन्य बुद्धिजीबिको बाँकी गरी ९ लाख बढी जम्मा भएको हो ।












प्रतिक्रिया