– रबिना बोहरा
बागलुङ, ३ फागुन । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशनबाट दिल शिरिषको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
महासंघ जिल्ला शाखाको उपाध्यक्षमा नरेश कँडेल, महिला उपाध्यक्ष उषा पौडेल, सचिव राम थापा अबिरल, सहसचिव नविन शिशिर बिक र सुवास आचार्य, कोषाध्यक्ष विजय राना रहनुभएको छ ।
यस्तै सदस्यहरुमा खुल्ला तर्फ गणेश पौडेल चन्द्र, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त चयन हुनुभएको छ भने महिला तर्फ सरिता खत्री, दलित तर्फ खगेन्द्र विश्वकर्मा, जनजाती तर्फ शेखर थापा, अल्पसंख्यकतर्फ पदम छन्त्याल (प्रकाश) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै अधिवेशनबाट १८ सदस्यीय केन्द्रिय सभासद र २४ सदस्यीय प्रदेश सभासद चयन गरिएको छ । केन्द्रीय सभासदमा राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, हिमालप्रसाद शर्मा, दिलिप पौडेल, रामकृष्ण शर्मा, ज्ञानेन्द्र गौतम, रामकृष्ण बोहरा, बद्रीप्रसाद शर्मा, भाषा शर्मा, कोपिला कंडेल, रामनारायण स्ुवेदी, दुर्गादत्त आचार्य, पिम्ला गौतम, बाबुराम शर्मा (प्रकट), बबिता शर्मा, ताराप्रसाद शर्मा र किरण आचार्य रहनु भएको छ ।
यसैगरी प्रदेश सभासदहरुमा खीमबहादुर कार्की, कृष्ण अधिकारी, कृष्ण पोखरेल, प्रेम लामिछाने, रेणु केसी, पार्वती थापा, तुलसी रेग्मी, नविनप्रताप जिसी, कविता घर्ति मगर, प्रशान्त घर्ति, झपिन्द्रबहादुर क्षेत्री, बीरबहादुर चोखाल, राज थापा, महेन्द्र घर्ति संगम, पारस केसी, इन्द्र, थम्मन थापा, चन्द्रमणी न्यौपाने, विकास पौडेल, प्रदिप पन्त, धनराज सापकोटा, गणेश नेपाली, संगम घर्ति, रमाकान्त सापकोटा रहनु भएको छ ।
शाखाका नवनिर्वाचित अध्यक्ष शिरिषले महासंघलाई संस्थागत गर्ने, पत्रकारहरुको क्षमत्ता, दक्षता अभिबृद्धि गर्दै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा जोड दिने प्रतिवद्धता जनाउनुभएको छ । उहाले श्रमजिवि पत्रकारहरुको पीडा आफुले पनि भोगेकाले श्रमजिविको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरले अहिले सञ्चार माध्यमहरुले आवाज बिहिनहरुको आवाज नबनेको आरोप खेपिरहेका बेला बागलुङमा पत्रकारिताको जग बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाले १० हजार भन्दा बढि पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धि संगै सञ्चार माध्यम बाच्न सक्ने एउटा आधार पनि खोज्न आवश्यक रहेको भनाई राख्नुभयो । राजनितिक अस्थिरताका कारण देश विकास हुन नसकेको भन्दै केन्द्रिय तह सम्म जिल्ला स्थित नेताहरुले विकासमा जोड दिन पहल गर्नुपर्ने मगरले बताउनुभयो ।
कार्यक्रममा सांसद चम्पादेवी खड्का, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, केन्द्रीय प्रतिनिधि प्रकाश तिमिल्सिना, नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नयाँ शक्तिका चित्र सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष रामबहादुर जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दिलिप पौडेलको स्वागत मन्तव्य र सचिव दिल श्रीषको सञ्चालनमा सम्पन्न भएको थियो ।
संविधान कार्यान्वयन गर्न महासंघको माग
यसैबीच संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि बागलुङका पत्रकारहरुले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
लोकतन्त्रको संस्थागत विकास र प्रेस स्वतन्त्रता रक्षाका लागि संविधान कार्यान्वयन आवश्यक रहेको भन्दै पत्रकारहरुले संविधान कार्यान्वयनका लागि दलहरुको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठो अधिवेशनमा सहभागी पत्रकारहरुले संविधान कार्यान्वयनको विषयलाई सबै राजनीतिक दलले गंभिरताका साथ लिन र आम जनताका तर्फबाट दवाव सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनको वन्द सत्रले संविधान कार्यान्वयन गर्न दलहरुलाई आग्रह गर्ने लगायत, श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमले पाउनु पर्ने पहिलो हक भएकाले स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सरोकारवालाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि सिलान्यास समेत भइसकेको अवस्थामा राजनीतिक दल, स्थानीय निकाय, उद्योगी, व्यापारी, व्यवसायी लगायत सबैमा सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ ।
महासंघमा आवद्ध सम्पूर्ण सदस्यहरुले न्यूनत १ हजार आर्थिक सहयोग गर्ने तथा सबैले आर्थिक संकलनका लागि समन्वय गर्ने निर्णय बन्द सत्रले पारित गरेको बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य तथा महासंघका पूर्व अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
बन्द सत्रले महासंघका सचिव दिल शिरिषले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पारित गरेको छ ।













प्रतिक्रिया