कम्बोडिया, ४ फागुन । रोजगारीको खोजीमा दिनहुँ विदेशिने नेपालीको संख्या लामै हुन्छ । चाहे महिला, चाहे पुरुष, दिनहुँ वैध वा अवैध बाटोबाट विदेश जाने गरेका छन् ।
विदेश गएर अधिकांशले अरुको काम गर्ने नै हो । स्वरोजगार बन्ने भन्ने कमैमा कल्पना हुन्छ । अझ महिलाका निम्ति त यो अलि गाह्रो विषय हो । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।
रजनी थापा मगर भने अपवादमध्येकी एक हुन् । जो कम्बोडियामा पुगेर मेहन्दीको व्यवसायमा संलग्न हुनुहुन्छ ।
कम्बोडियाकी पहिलो मेहन्दी व्यवसायीसमेत रहेकी रजनीले त्यहाँ भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, श्रीलंका, इन्डोनेसिया, क्यानडा, पोल्यान्डका ग्राहकको मन जित्न सफल हुनुभएको छ ।
महिलाले आफ्नो श्रृंगारका रुपमा प्रयोग गर्ने मेहन्दीलाई व्यवसायको रुपमा शुरु गरेको करिब दुई बर्ष भयो ।
सुरुमा पर्यटन भिसामा कम्बोडिया पुगेकी तनहुँ दमौलीकी ३२ वर्षीया रजनीले २०७१ वैशाख ११ गतेदेखि कम्बोडियामा व्यवसाय शुरु गर्नुभएको हो ।












प्रतिक्रिया