१९ कार्तिक २०८३, बिहिबार

कमल थापाको पक्षमा २२ केन्द्रीय सदस्य खुले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । सूर्यबहादुर थापाका छोरा एवम् राप्रपाका नेता सुनिलबहादुर थापासहितको दुई दर्जन बढी केन्द्रीय नेताहरू कमल थापालाई अध्यक्ष बनाउन खुलेर देखिएका छन् ।

राप्रपाको महाधिवेशन फागुन ६ गतेदेखि शुरु हुनै लाग्दा थापासहित २२ जनाको समूह कमल थापाको पक्षमा उत्रिएको हो ।

‘सोमबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष कमल थापाद्वारा प्रस्तुत पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशा सम्बन्धी कार्यपत्र परिमार्जन सहित पारित भएको अवस्थामा जसको नीति त्यसको नेतृत्व मान्यता र भावनालाई आत्मसात गर्नु वस्तुपरक र सान्दर्भिक छ’, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापाले दुई पार्टी एकता भएको पृष्ठभूमिमा आगामी महाधिवेशनमा पार्टीको केन्द्रीय नेतृत्व सर्वसम्मत रुपमा चयन हुन सके पार्टी कार्यकर्ताहरूको मनोवल उच्च रहने बताएका छन् ।

‘सर्वसम्मत्त हुन नसकेको अवस्थामा मेरो र सम्पूर्ण साथीहरूको मत अध्यक्ष कमल थापाको पक्षमा पूर्ण समर्थन रहनेछ’, थापाले भनेका छन् ।