१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस, एमाले र माओवादी नजिकिए, मधेसी मोर्चाले नमाने पनि अगाडि बढ्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआएपनि जेठ मसान्तभित्रै स्थानीय निकाय निर्वाचन गरी अघि बढ्ने निश्कर्षमा पुगेको छ ।

सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निश्कर्षमा उनीहरु पुगेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निश्कर्षमा पुगेको श्रोतको भनाइ छ ।

मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।

मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन् ।

निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बारे राष्ट्रपतिले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई गम्भीर सचेत गराएको श्रोतको भनाई छ ।