जिलोङ, अस्ट्रेलिया । दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरूले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ मनाएका छन् ।
जिलोङमा भिक्षु गेसे सोनामद्वरा परम्परागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।
भिक्टोरीया राज्यको जिलोङ क्षेत्रको जिम्मेवारी पाएका लेबर पार्टी सांसद क्रिस्टिन कोउजेन्स, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लुम्बिनी–कपिलवस्तु दिवस अभियान एवम् नेपालका भूकम्पपीडित बालबालिकाका लागि पोषण कार्यक्रमका विशव संयोजक र्इ. रामकुमार श्रेष्ठ, एनआरएन आइसीसी सदस्य ॠषि कंडेल, एनआरएन अस्ट्रेलियाका सचिव टोनु घोताने, अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोशियसनका सचिब डा चन्द्र दीपक पोख्रेल, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की, जनसम्पर्क समिति अस्ट्रेलियाका सल्लाहकार दुर्गा आचार्य, एनआरएन भिक्टोरियाका संयोजक केशब कंडेल, भिक्टोरियाका लागि पर्यटनदूत एवम् एमएनटिभिका प्रधान सम्पादक चिरञ्जीवी देवकोटा, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका संयोजक रञ्जन वैद्य, चितवन समाज भिक्टोरीयाका अध्यक्ष सोम प्रसाद गुरुङ्ग, नेप्लीज् अर्गनाइजेसन अफ विन्डमको अध्यक्ष कमल प्याकुरेल, तमु समाज भिक्टोरीयाकी सचिव अमृता गुरुङ्ग, फ्रेन्डस् अफ ज्यान जुकको अध्यक्ष ग्रेर्नी रिचार्ड (स्टीभो) आदिलाई पञ्चकन्याद्वरा खादा ओढाएर स्वागत गरिएको थियो ।
कार्यक्रमकाृ प्रमुख अतिथि सांसद क्रिस्टिन कोउजेन्सले कार्यक्रममा बोल्दै नेपालीहरु आफ्नो कला संस्कृतिमा एकदमै धनी रहेको र जिलोङमा भइरहने नेपाली समुदायका कार्यक्रम आफू प्राथमिकताका साथ उपस्थिती जनाउने गरेको र नेपालीपनमा भिज्न पाउँदा एकदमै आनन्द पनि आउने बताएकी थिइन् ।
उनले लोसार कार्यक्रम स्थलमा प्रदर्शन गरिएको चित्रकार ग्यालरीको चित्र भरपूर आनन्द लिदैँ चित्रको प्रशंसा पनि गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले जिलोङमा नेपालीहरुको सानो बस्ती रहेपनि कार्यक्रम जहिले पनि भव्य हुने र सबैलाई समेटेर कार्यक्रम सफल पार्ने गरेकोमा खुसी व्यक्त गरेका थिए ।
त्यस्तै, उनले जिलोङमा पहिलो पटक मनाइएको ल्होसारमा उपस्थित हुन पाउँदा एकदमै रमाइलो लागेको र नेपाली कला, संस्कृतिको जगेर्ना गन यस किसिमको कार्यक्रमले योगदान दिने बताएका थिए ।















प्रतिक्रिया