१९ कार्तिक २०८३, बिहिबार

धुर्मुस सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन (फोटो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ३ फागुन । तस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस (भ्यालेनन्टाइन डे) मनाएका छन् ।

प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमै श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमतीनै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।

व्यस्तताका कारण माया प्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ । प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्काप्रतिको विश्वास भए असम्भव केही नहुने बताए ।

पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पीडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे (सुन्तली)ले बताइन् ।

मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।