१३ कार्तिक २०८३, शुक्रबार

कार्यक्रममा भाग लिन कहाँ–कहाँ जाँदै छन् पूर्वराजा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताका लागि सिमरा जाने भएका छन् । पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उनी सिमरा हुँदै चितवन जान लागेका हुन् ।

पर्सि फागुन ५ गते विहान ज्ञानेन्द्र र पूर्वरानी कोमल हवाइ मार्ग हुदैँ सिमरा जाने कार्यक्रम तय भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उनले चितवन जादाँ सडक मार्ग प्रयोग गर्नेछन् । सिमरामा प्रभु शमशेरको दरबारमा बसेर राजनीतिक भेटवार्ता उनले गर्ने बताइएको छ ।