१३ कार्तिक २०८३, शुक्रबार

बिदाइ कार्यक्रममा के भने नयाँ आईजीपीले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । सशस्त्र प्रहरी बलले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरी सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको हार्दिक बिदाई गरेको छ ।

उहाँसँगै स–सम्मान अवकाश हुनुहुने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा। कृष्णकुमार तामाङ र जितबहादुर पुनलाई समेत सोही विशेष समारोहमा हार्दिक विदाई गरिएको छ । उहाँहरु मंगलबारबाट स–सम्मान अवकाश हुनु भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठबीच संगठनको बुझबुझारथ समेत भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा आफ्नो कार्यकाललाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक लगाएत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एवं गृहमन्त्रालय तथा नागरिक समाजप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले संगठनको सर्वोच्च पदमा रहेर आफुले सुरुवात गरेका कार्यहरुलाई आगामी दिनमा नयाँ नेतृत्वले निरन्तरता दिने विश्वास व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा पु-याएको योगदान एवं कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीक क्षमता र बहादुरी तथा कर्तव्यपरायणता सधैं स्मरणीय रहने चर्चा गर्दै नागरिकको मन जित्न संगठन सफल रहेको उल्लेख गर्नुभयो ।

संगठनको नेतृत्व परिवर्तन स्वभाविक प्रकृया हो भन्नुहुँदै उहाँले आगामी दिनमा आफ्नोतर्फबाट सशस्त्र प्रहरी बलको उन्नति, प्रगति र समृद्धिमा सहयोग पु-याइरहने बताउनुभयो ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अग्रज नेतृत्व वर्गले थालनी गरेको कार्यलाई निरन्तरता दिँदै सवैको सल्लाह सुझाव अनुरुप अगाडी बढ्ने उल्लेख गर्नुहुँदै नेपाल सरकार गृहमन्त्रालयको निर्देशन तथा राज्यप्रदत्त म्याण्डेट अनुसार संगठनलाई अगाडी बढाइने बताउनुभयो ।

उहाँले कार्यकाल सफलतापूर्वक पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सेवा निवृत्त जीवन सुखद रहोस भन्नुहुँदै सपरिवारसहितको उज्वल भविष्यको कामना समेत गर्नुभयो ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नियुक्ती र अवकास नियमित प्रकृया भएको चर्चा गर्नुहुँदै संगठनका सकल दर्जाका राष्ट्रसेवकहरु आगामी दिनमा समेत उच्च मनोबल, दृढ विश्वास र कर्तव्यनिष्ठाका साथ कार्यक्षेत्रमा समर्पित रहने बताउनुभयो ।

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल तथा एपीएफ अधिकृत जवानहरु लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।