१९ कार्तिक २०८३, बिहिबार

स्थानीय निकायका कर्मचारीको आन्दोलनले कामकाज ठप्प, सेवाग्राही रित्तै फर्किँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ फागुन । स्थानीय निकायका कर्मचारी आन्दोलित भएपपछि कामकाज प्रभावित भएको छ । देशभरका स्थानीय निकाय अन्तर्गतका कार्यलहरु अगाडि कर्मचारीहरुले धर्ना दिइरहेका छन् ।

सरकारले ल्याएको गठन आदेशको विरुद्धमा आन्दोलनमा उत्रेका कर्मचारीहरुले आफूहरुका माग पुरा हुुनपर्ने भन्दै कार्यालयको कामकाग बन्द गरेका हुन् ।

स्थानीय विकास अधिकार लगायत कार्यालय प्रमुखहरुलाई कार्यालय भित्र प्रवेश गर्न दिएका छैनन् । स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट सेवाग्राही मर्माहत भएका छन् ।

जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही रित्तै घर फर्किरहेका छन् । यस्तै, स्थानीय निकाय अन्तर्गतका गाविस र नगरपालिका कार्यालयहरु पनि पूर्ण रुपमा बन्द भएका छन् ।

यीं कार्यालयमा हुने दैनिक कार्यमा अवरोध सृजना भएको छ । कर्मचारीले आफ्नो मागको लागि आन्दोलन गर्दा त्यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको छ ।