१९ कार्तिक २०८३, बिहिबार

मोती र केटो पत्रकारिता पुरस्कार क्रमशः भण्डारी र लामालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बिर्तामोड, १ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ ।
त्यस्तै केटो पत्रकारिता पुरस्कार युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।
महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशी ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैया रहेको  महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिने छ । भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक रहेका छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरंगी एफएममा  आबद्ध छन् ।
केटो पत्रकारिता पुरस्कारको राशी ११ हजारबाट वृद्धि गरी यसैवर्षबाट १५ हजार रुपैयाँ बनाउने समेत समितिले निर्णय गरेको छ ।
त्यस्तै, पत्रकार सहारा उपचार कोषमा ५ लाख रुपैयाँसहित महत्वपूर्ण सहयोग पु¥याउने सहारा नेपाल साकोस, झापाका अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री, नकुल काजी, गञ्जबहादुर दाहाल र अमृतलाल श्रेष्ठलाई समेत विशेष सम्मान गर्ने महासंघले निर्णय गरेको छ ।